जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोभिड-१९ विरुद्धको खोप अभियानको छैटौँ दिन देशभरका खोप केन्द्रहरुबाट आज (मंगलबार) पनि खोप लगाउने क्रम जारी छ । हालसम्म बागमती प्रदेशमा ४१ हजार २१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गएको सोमबारसम्म ३८ वटा खोप केन्द्रबाट काठमाडौँमा २१ हजार १९२, ललितपुरमा ५ हजार ३९१, भक्तपुरमा १ हजार ९२९, रसुवामा २१९, नुवाकोटमा १ हजार ४५५,धादिङमा ८१७, चितवनमा २ हजार ८९४, सिन्धुलमा ७६०, मकवानपुरमा १ हजार ४, रामेछापमा ५६६, दोलखामा ९७६, काभ्रेमलाञ्चोकमा २ हजार ८४० र सिन्धुपाल्चोकमा ९७८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
हालसम्म देशभरका १९१ खोप केन्द्रबाट कुल १ लाख १३ हजार १ सय ७५ जनाले खोप लगाएका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


