
जनस्वास्थ्य सरोकार । चीनमा नक्कली कोभिड खोप बनाएको आरोपमा ८० जनाभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ ।
राजधानी बेइजिङ र पूर्वी चीनका विभिन्न स्थानमा छापा मारेर झन्डै ३,००० मात्रा नक्कली खोप बरामद भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ। त्यस्तो नक्कली काम गत सेप्टेम्बरदेखि सुरु भएको अनुमान गरिएको छ।
यो साताको अन्तिमतिर चिनियाँ नववर्षको उत्सव सुरु हुनुअघि चीन पाँच करोड मानिसलाई कोभिड खोप दिन प्रयासरत छ।
विगतमा चीनमा म्याद सकिएका खोप वितरणसहित विभिन्न खालका जनस्वास्थ्यसँग सम्बन्धित विवादहरू उत्पन्न भएका थिए। बीबीसी
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


