जनस्वास्थ्य सरोकार, काठमाडौं। वितेको २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ३३५ रहेको छ ।
बुधबार २०६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको छ । हालसम्म कोरोना संक्रमणमुक्त दर ९८.४ प्रतिशत पुगेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।
यस्तै, हालसम्म ९५ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ८१ हजार ६९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


