
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो समय विश्वव्यापी रूपमा क्यान्सरको प्रकोप बढेको छ । विश्वमा प्रत्येक वर्ष १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको विश्व स्वास्थ संगठनको तथ्यांक रहेको छ । जसमध्ये करिब ८० लाख मानिसको मृत्यु हुने गरेको छ ।
नेपालको हकमा पनि पछिल्लो समय क्यान्सर भयावह बन्दै गएको छ । ग्लोबोक्यान २०२० अनुसार अहिले नेपालमा क्यान्सरको अवस्था प्रतिलाख ८१ जना र मृत्युदर लगभग ५५ जना रहेको छ । यसरी हेर्दा नेपालमा बर्सेनि सरदर २६ देखि ३० हजार मानिस क्यान्सरपीडित हुने र १५ देखि २० हजारको बर्सेनि मृत्यु हुने गरेको देखिन्छ ।
नेपालमा देखिएका मुख्य क्यान्सरहरूमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर छन । पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन ।
नेपालमा समयमै रोग पहिचान नहुनु र उपचारको पहुँच कम हुनु क्यान्सर नियन्त्रणको मुख्य चुनौती रहेको विशेषज्ञहरु बताउँछन ।
आज विश्व क्यान्सर दिवस ,नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । क्यान्सरसम्बन्धि जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने गरिएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


