जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १७१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १७१ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल २ लाख ७१ हजार ६०२ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २ हजार २७७ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२७ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६७ हजार २९२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.३ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ८७८ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख ८५ हजार ५७३ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ९२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा २ हजार २७७ जना रहेका छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०३३ रहेको छ ।
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


