नेभिगेशन

नेपाल मेडिसिटीमा ६ दिने प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम शुरु

जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा राष्ट्रिय स्तरको प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
नेशनल हेल्थ ट्रेनिङ सेन्टर र निक साइमन्स् इन्स्टिच्युटको संयुक्त आयोजनामा सो प्रशिक्षण कार्यक्रम सञ्चालनमा आएको हो । आइतबारबाट शुरुभएको सो कार्यक्रम ६ दिनसम्म सञ्चालन हुने छ ।
कार्यक्रममा चिकित्सक, नर्स, पारामेडिक्स् लगायतका स्वास्थ्यकर्मी सहभागी रहेको प्रमुख प्रशिक्षक डा. रोशना श्रेष्ठले जानकारी दिनुभयो ।


स्वास्थ्य क्षेत्रका फरक–फरक विज्ञहरुले प्रदानगर्ने प्रशिक्षण कार्यक्रमले मुख्यतःआकस्मिक मुटु समस्या, दुर्घटना, स्वासप्रश्वासमा समस्या लगायतको अवस्थामा प्रारम्भिक चरणमा के–कस्ता उपचार प्रक्रियामा ध्यानदिने जस्ता विषयलाई समेट्ने डा. श्रेष्ठको भनाई छ ।


अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेज एण्ड एडुकेशन डा. निलमणी उपाध्यायले कार्यक्रममा सहभागी नर्स तथा पारामेडिक्सहरुले आकस्मिक उपचारमा अपनाउनु पर्ने नविन सीप र जानकारी प्राप्त गर्नेे बताउनुभयो ।
सो तालिममा काठमाण्डौ, भरतपुर, झापा, तेर्हथुम, भोजपुर, मोरङ, लहान, सिरहा, नुवाकोट, जाजरकोट, डोटी, बाजुरा, स्यांग्जालगायतका स्थानबाट सहभागीहरुको उपस्थिती रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट