जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ४ हजार ३ सय ९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ६० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख १० हजार ५७ पुगेको छ।
गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ४७ पुगेको छ। हाल ८७ जना क्वारेन्टाइनमा छन्।
आज १ सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


