नेभिगेशन

कोभिड-१९ विरूद्धको खोपप्रति ९७ प्रतिशत बढी सन्तुष्ट

जनस्वास्थ्य सरोकार । भारतमा कोभिड-१९ विरूद्धको खोप लगाएका ९७ प्रतिशतभन्दा बढी व्यक्तिले आफु खोपप्रति सन्तुष्ट भएको बताएका छन ।

कोविन प्रतिक्रिया प्रणाली अन्तर्गत स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरूद्धको खोप प्राप्त गर्ने व्यक्तिको प्रतिक्रिया लिनका लागि इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको शीघ्र तथ्याङ्क मापन प्रणाली (आरएएस) प्रयोग गरिरहेको छ ।

आरएएसबाट प्राप्त तथ्याङ्कमा ९७ प्रतिशतभन्दा बढी व्यक्तिको अनुभव सकारात्मक रहेको स्वास्थ्य सचिव राजेश भूषणले बताउनुभयो ।

कोविन प्रतिक्रिया प्रणाली कोभिड–१९ विरूद्धको अनुभव रेकर्ड गर्ने भारतीय मोबाइल एप हो । एपमार्फत् प्रतिक्रिया सङ्कलन प्रक्रिया सन् २०२१ को जनवरी १७ २०२१ देखि शुरू भएको उहाँको भनाई छ ।

भारतमा स्वास्थ्यकर्मी तथा अग्रपङ्तीमा रहेर राष्ट्रसेवामा खटिने र जोखिमका हिसाबले बढी खतरा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप दिंईदैआएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट