
जनस्वास्थ्य सरोकार, काठमाडौं । बागमति प्रदेश सरकारले क्यान्सर बिरामीलाई थप पचास हजार उपलब्ध गराउने निर्णय गरेको छ । यस अघि संघ सरकारले एक लाख रुपैंया उपलब्ध हुँदै आएको थियो । यो संगै बागमति प्रदेशका क्यान्सर बिरामीले एक लाख ५० हजार रुपैंया प्राप्त गर्नेछन् ।
बागमति प्रदेश सरकारले बुधबार क्यान्सर लागेका विरामीहरुलाई थप ५० हजार उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका पदाधिकारी, सरोकारवाला संस्थाका विज्ञहरुको सिफारिसमा प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.विष्णुदत्त पौडेलले क्यान्सर उपचारमा रोकथाम, शिघ्र पह्चिान, सहि उपचार र अन्तिम अवस्थाका विरामीहरुलाई प्यालियसन आवश्यक पर्ने बताउनुभयो । उहाँले कतिपय क्यान्सरमा प्रारम्भिक चरणमै पह्चिान हुन सके निको पार्न सकिने बताउनुभयो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


