जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा भने ६५ जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैले पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ।
यस्तै बुधबार थप ११८ जना डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ६८ हजार ५४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिले १७ सय ५३ जना आइसोलेसनमा छन् भने ८८ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका अनुसार ७२ जनाको आइसीयू र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३ट्रेन्डिङ


