
जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीले फागुन १२ देखि सत्याग्रह सुरु गर्ने घोषणा गर्नुभएको छ । उहाँले आफूसंग विगतमा भएको सहमति कार्यान्वयन नभएको र प्रतिनिधि सभा विघटनको प्रयासबाट संविधानको रक्षा गर्न र संवैधानिक निकायहरुमा गरिएका नियुक्ति रद्द गर्न माग गर्दै अनसन बस्ने घोषणा गर्नुभएको हो ।
माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै उहाँले आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न, चिकित्सा शिक्षालाई गैरनाफामुलक बनाउन, सबै सार्वजनिक संस्थामा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउनेलगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरु कार्यान्वयन गर्न माग गर्नुभएको हो ।
उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेका छौं । हाम्रा मागहरु पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गर्दछौं ।’
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


