
जनस्वास्थ्य सरोकार, ताप्लेजुङ । ताप्लेजुङमा बच्चा जन्मिएपछि अत्यधिक रक्तश्राव भएर ज्यान जोखिममा परेकी सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूलाई शनिबार उद्धार गरेर विराटनगर लगिएको हो ।
राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताउनुभयो ।
बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकोप्टर मगाएको वडाध्यक्ष लिम्बूको भनाइ छ । अहिले उनको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उहाँको उपचार भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


