जनस्वास्थ्य सरोकार, काठमाडौँ । गत २४ घण्टामा देशभर थप १ सय २७ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको छ । यही अवधीमा देशभरबाट थप १ सय ३६ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।
नेपालमा हालसम्म कुल २१ लाख ११ हजार ६ सय ४९ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७ रहेको छ । क्वारेनटिनमा ७९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । यी सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


