
जनस्वास्थ्य सरोकार, काठमाडौं । आज आइतवारदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेकाहरुलाई कोरोनाविरुद्धको खोप लगाइदैंछ । देशभर रहेका खोप केन्द्रहरुबाट परिचयपत्रका आधारमा खोप लगाउन सकिनेछ ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार विर अस्पताल, प्रहरी अस्पताल लाजिम्पाट, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगलबाट खोप लगाइनेछ । दोस्रो प्राथमिकतामा परेकाहरुलाई तोकिएको परिचयपत्र सहित नजिकको अस्पतालमा पुगि खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेकालाई कोरोनाविरुद्धको खोप दिइँदै
पहिलो चरणको पहिलो प्राथमिकतामा कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मिहरु रहेका थिए । जनस्वास्थ्य विज्ञहरुले निर्धक्कका साथ खोप लगाउन आग्रह गरेका छन् । भारत सरकारले उपहारस्वरुप उपलब्ध गराएको १० लाख डोज मध्येको कोभिसिल्ड खोप लगाउन लागिएको हो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


