जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउने अभियानलाई तिव्र रुपमा अघि बढाएको छ । हाल भारत सरकारले उपहारस्वरुप उपलब्ध गराएको कोभिसिल्ड नामक खोप लगाउने कार्य चलिरहेको छ ।
हालसम्म एक लाख ९० हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना रोकथाममा खटिएका फ्रन्टलाइनर, पत्रकार लगायत गरी शुक्रवारसम्म एक लाख ९० हजार जनाले खोप लगाएका छन् ।
भारत सरकारले गत महिना दिएको १० लाख डोज कोभिसिल्ड खोपबाट सरकारले खोप अभियान शुरु गरेको थियो । यसअघि स्वास्थ्यकर्मी, सफाईकर्मी, बृद्धाश्रम र जेलमा रहेका व्यक्तिहरुलाई खोप दिइएको थियो ।
यस्तै काठमाडौँ उपत्यकामा पत्रकार, कुटनीतिक नियोग, युएन एजेन्सीका कर्मचारीलाई पनि खोप दिने व्यवस्था मिलाइएको थियो । सरकारले एक साताभित्र तीन लाख जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


