
जनस्वास्थ्य सरोकार । अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास गरेको कोरोना विरुद्धको खोप बालबालिकाहरु पनि परीक्षण गरिने भएको छ ।
परीक्षणका लागि तीन सय स्वयंमसेवक बालबालिकाले सहभागिता जनाउँदैछन । बीबीसीका अनुसार फेब्रुअरीको अन्त्यमा उनीहरुलाई पहिलो डोज खोप दिइनेछ ।
सो परीक्षणमा ६ वर्ष देखि १७ वर्ष सम्मका बालबालिकाको शरीरमा खोपले रोग प्रतिरोधात्मक क्षमता विकास गर्छ कि गर्दैन भनेर हेरिने अनुसन्धानकर्ताहरुको भनाई छ ।
अक्सफोर्ड खोप परीक्षणका मुख्य अनुसन्धानकर्ता पोलार्डले बालबालिका कोरोना भाइरसबाट विरामी हुने सम्भावना कम रहेको बताउनुभयो ।
बालबालिकाको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन खोपले थप सहयोग पुर्याउने उहाँको भनाई छ ।
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


