जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमणका कारण विदेशमा थप २ जना नेपालीले ज्यान गुमाएका छन्।
यो साता कोरोना संक्रमणका कारण बेलायतमा थप २ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ।
योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ। एनआरएनए अनतर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार हालसम्म कोरोनाको कारण २१ देशमा नेपालीको मृत्यु भएको छ।
विश्वका ५० देशमा कोरोना संक्रमित नेपालीको संख्या ६० हजार १२१ पुगेको छ। संक्रमितमध्ये हालसम्म ९७ प्रतिशत निको भएका छन्।
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


