
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र बसोबास गर्ने सबै नगरवासीहरुको निःशुल्क मिर्गौला जाँच हुने भएको छ । काठमाडौँ महानगरपालिका र मिर्गौला बचाऔँ अभियानको संयुक्त प्रयासमा महानगरपालिकाको १ देखी ३२ वटै वडाभित्र बसोबास गर्ने सबैको निशुल्क मिर्गौला परीक्षण गर्न लागिएको हो ।
यो अभियान फागुन ५ गते (बुधबार) देखि आगामी ६ महिनासम्म चल्ने महानगरपालिकाको जनस्वास्थ्य विभागले जानकारी दिएको छ । महानगरपालिका भित्रका वडामा बसोबास गर्ने व्यक्तिले महानगरपालिकाले सञ्चालन गरेको वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गई पिसावको प्रारम्भिक परीक्षण मार्फत मिर्गौला जाँच गराउन सक्ने विभागले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


