जनस्वास्य सरोकार, काठमाडौं । मुलुकमा प्रतिडोज ४ डलरका दरले २० लाख डोज कोभिड १९ विरुद्धको कोभिसिल्ड खोप खरीद गर्ने बाटो खुलेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रतिडोज ४ डलरका दरले कोभिसिल्ड खोप खरीद गर्न अग्रिम भुक्तानी दिने निर्णय गरेसँगै खोप खरीदको बाटो खुलेको हो ।
भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भएको थियो । तर भुक्तानीको विषयमा खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । मन्त्रिपरिषद्को यो निर्णयले खोप खरिद गर्ने बाटो खुलेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी गराउनुभयो ।
खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशत मात्रै अग्रिम भुक्तानी दिन सक्ने कानूनी प्रावधान छ । तर सिरम इन्स्टिच्यूटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी भएपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेका थियो । यो समस्या समाधान गर्न मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउ गरेको हो ।
सरकारले सिरमसँग २० लाख डोज भ्याक्सिन खरिद गर्न लागेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


