
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले चिनियाँ खोप ‘सार्स -कोभ-२ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’ लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ ।
चिनियाँ कम्पनी बेइजिङ इन्स्टिच्युट अफ वायोलोजिकल प्रोडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको कोरोना विरुद्धको खोप ‘सार्स कोभ २ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’ लाई अकस्किम प्रयोगका लागि अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ ।
औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा बुधबार औषधि व्यवस्था विभागले आकस्मिक प्रयोगका लागि सो खोपलाई अनुमति दिएको हो । कम्पनीले विभागमा पेश गर्नुपर्ने सबै कगजात उपलव्ध गराएको थियो ।
अनुमति दिएसंगै चीनले दिने भनेको ५ लाख डोज खोप आउने बाटो खुलेको छ । यो खोप पनि २ देखि ८ डिग्री सेल्सीयस तापक्रममा भण्डारण गर्न सकिन्छ ।
नेपालमा यसअघि अक्सफोर्ड एस्टाजेनेकाले विकास गरेको र सिरम इन्स्टिच्युट अफ इन्डियामा उत्पादन गरेको 'कोभिसिल्ड' खोप लाई अनुमति दिइसकेको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


