जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले भारतसँग खरिद गर्न लागेको कोरोना भाइरस विरुद्धको खोप अबको दुई साताभित्र नेपाल आइपुग्ने जनाएको छ । खोप खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढीसकेकाले दुइ साताभित्र खोप नेपाल आइपुग्ने बताइएको छ । खोप खरिदका लागि सरकारले भारतको सेरम इन्स्टिच्युटलाई अग्रिम रकम भुक्तानी गरिसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख डोज खरिद गर्न लागेको छ । खोप नेपाल आएपछि यहि फागुन २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु हुने र सो खोप ६० वर्ष माथिकालाई समेत उपलब्ध गराइनेछ । यसअघि भारत सरकारले कोभिसिल्ड खोप १० लाख डोज उपहार स्वरुप उपलब्ध गराएको थियो । सो खोप हालसम्म प्राथमिकताका आधारमा तीन लाख भन्दा बढिले लगाइसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


