
जनस्वास्थ्य सरोकार, काठमाडौं । आयुर्वेद चिकित्सक संघले चिकित्सकीय परामर्श शुल्क पुनरावलोकन गरेको छ । अबदेखि बाम्स वा सो बराबर योग्यता भइ पाँच वर्ष अनुभव भएकाको हकमा तीन सय ७० रुपैंया, सो भन्दा बढी योग्यता भएकाको हकमा चार सय ५० रुपैंया परामर्श शुल्क कायम गरिएको छ ।
यस्तै, एमडि वा एमएस गरी पाँच वर्ष अनुभव प्राप्तको हकमा ६ सय ६० रुपैंया, एमडी वा एमएस गरी पाँच वर्ष भन्दा बढि अनुभव भएकाको हकमा सात सय र एमडी वा एमएस गरी १० वर्षभन्दा बढी अनुभव भएकाको हकमा आठ सय २५ रुपैंया परामर्श शुल्क कायम भएको हो ।
संघका अनुसार निजि क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक नियुक्ती लिई सेवा पुर्याउने आर्युवेद चिकित्सक (हाउस अफिसर) हरुको पारिश्रमिक ४२ हजार रुपैंया कायम गरिएको आयुर्वेदक चिकित्सक संघका अध्यक्ष डा.प्रकाश ज्ञवालीले बताउनुभयो ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘सरकारसंग २०७७ माघ ४ गते सम्झौता गरी चिकित्सकहरुको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागु गर्ने प्रतिवद्धता गरिएको तर, सो को हालसम्म पनि कार्यान्वयन नभएकाले तपशिल बमोजिमको शुल्क आजैका मितीबाट लागु गर्न सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई यसै विज्ञप्तिद्धारा अनुरोध गरिन्छ ।’
यसअघि नेपाल चिकित्सक संघले पनि परामर्श शुल्क परिमार्जन गरेको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूहरुको सहमती बेगर शुल्क बढाइएको भन्दै मान्य नहुने बताउँदै आएको छ ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


