जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा स्नातकोत्तर (पिजी) तर्फका विद्यार्थीलाई मेरिटको सूचीबाट नहटाउन सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई अन्तरिम आदेश जारी गरेको छ ।
चिकित्सा शिक्षा आयोगले गत फागुन ४ र ५ गते मेरिट सूचीबाट हटाउन गरेको निर्णय कार्यान्वयन नर्गन सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।

आयोगले पिजीको एकीकृत प्रवेश परीक्षा दिएका सरकारी तर्फका १६ र खुला तर्फका ३६ जना गरी ५२ जनालाई दुर्गममा काम गरेको गलत विवरण पेस गरेको भन्दै मेरिट लिस्टबाट हटाएको थियो । यो सम्वन्धि सर्वोच्चमा उजुरी परेको थियो । मेरिटको लिस्टबाट हटाएपछि ६ जना उम्मेदवारले आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै गत ९ फागुनमा सर्वोच्चमा रीट दायर गरेका थिए ।
सर्वोच्चले मेरिट लिस्टबाट हटाउने निर्णय कार्यन्वयन नगर्दा अन्तरिम आदेश जारी गरेपनि पिजीको भर्ना प्रकृया भने यसअघि नै अघि बढीसकेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले उक्त अन्तरिम आदेश जारी गर्दै दुबै पक्षलाई फागुन १७ गते छलफलका लागि समेत बोलाएको छ ।
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया
आइतबार, असार २८, २०८३
उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
आइतबार, असार २८, २०८३
कङ्गोमा इबोला प्रकोप: मृत्यु हुनेको संख्या ६४८ पुग्यो, १,८३० संक्रमित
आइतबार, असार २८, २०८३
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
आइतबार, असार २८, २०८३
