नेभिगेशन

भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा

नेपाल हेल्थ न्युज, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति ह्याम्स अस्पतालले दुःख व्यक्त गर्दै प्रभावित नागरिकका लागि निःशुल्क आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ।

अस्पतालले बाढी तथा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य उपचार आवश्यक परे अस्पतालले निःशुल्क आपतकालीन सेवा उपलब्ध गराउने बताएको छ। साथै, नेपाल सरकारसँग समन्वय गरी आवश्यक परेको अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी सम्मिलित मेडिकल टोली प्रभावित क्षेत्रमा पठाएर सेवा प्रदान गर्न आफू तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छ।

आपतकालीन स्वास्थ्य सहायता आवश्यक परे ह्याम्स अस्पतालको विपद् व्यवस्थापन सम्पर्क नम्बर ९८०१९०४६४० मा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ।

WhatsApp-Image-2026-08-27-at-1.27.54-PM-1787821949.jpeg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट