नेभिगेशन

रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला

नेपाल हेल्थ न्युज, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका व्यक्तिमध्ये अहिलेसम्म १७७ जनाको शव फेला परेको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार रसुवासहित विभिन्न जिल्लाबाट १७७ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको छ।

बाढीमा बेपत्ता तथा प्रभावितहरूको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

बाढीमा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ। बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको सुरक्षा निकायले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट