नेपाल हेल्थ न्युज, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका व्यक्तिमध्ये अहिलेसम्म १७७ जनाको शव फेला परेको छ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार रसुवासहित विभिन्न जिल्लाबाट १७७ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको छ।
बाढीमा बेपत्ता तथा प्रभावितहरूको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।
बाढीमा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ। बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको सुरक्षा निकायले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
