
हरेकले जीवनमा रिङ्गटाको अनुभव गरेको हुन्छ । मेडिकल भाषामा रिङ्गटालाई भर्टिगो भनिन्छ । यो रोग होइन । तर रोगको लक्षण हो । रिङ्गटाका आआफ्नै परिभाषाहरु छन् । आफ्नो वरिपरिका चिजहरु फनफनी घुमेको अनुभवलाई रिङ्गटा भन्छन् । कोहीले आफू घुमेको अनुभवलाई रिङ्गटा भन्छन् । कसैले टाउको भारी हुने, झुम्म हुने अनुभवलाई रिङ्गटा भन्छन् । कोहीले हिँड्दा धङ्गधङ्ग हुने, खुट्टा सिधा नटेकेको जस्तो लाग्ने अनुभवलाई रिङ्गटा भन्ने गर्दछन् । कसैले बसेको ठाउँबाट उठ्दा आँखा अगाडि कालो अँध्यारो आँखा नदेखेको जस्तो अनुभवलाई रिङ्गटा भन्छन् । कतिले सुत्न खोज्दा अथवा सुतेको ठाउँबाट उठ्न खोज्दा अथवा सुतेको ठाउँमा दायाँ बायाँ कोल्टे फर्कंदा एकछिन फनफनी घुमेको अनुभवलाई रिङ्गटा भन्छन् । यी सवै अनुभवहरु फरक फरक रोगमा हुन्छन् ।
रिङ्गटा किन लाग्छ ?
सामान्यत शरीर कसरी सन्तुलित र स्थिर भएर बस्छ भन्ने कुरा बुझ्नुपर्छ । आँखा, कान र मांशपेशी तथा जोर्नीहरुबाट शरीरको जानकारी दिमागमा पुग्छ । दिमागले बुझ्छ, मिलाउँछ र परिस्कृत गर्छ । ति परिस्कृत जानकारीहरुलाई पुनः आँखा, कान र मांशपेशी तथा जोर्नीहरुमा पठाउँछ ।
यसरी शरीर सन्तुलत राख्ने अंगहरुमा समस्या आएमा रिङ्गटा लाग्छ । साथै मुटु र मानसिक समस्यामा पनि रिङ्गटा लाग्नसक्छ । कानको समस्याबाट हुने रिङ्गटाको संख्या अरु कारणबाट हुने रिङ्गटाको संख्या भन्दा धेरै भएको तथ्यांकबाट देखिन्छ । समस्याको पूर्ण जानकारीले ८० प्रतिशत बिरामीको रिङ्गटाको कारण पत्ता लगाउन सकिन्छ ।
मुटुको पल्स, ब्लड प्रेसर, सिटी स्क्यान गरेर पनि रिङ्गटाको कारण पत्ता लगाउन मद्दत गर्छ । टेष्टहरु सामान्य भएमा भेस्टिबुलटर प्रणाली निर्धारण परीक्षणहरु गर्नुपर्छ । यसबाट स्थिरता कायम राख्न मद्दत गर्ने सिस्टममध्ये भित्री कान, आँखा र मस्तिष्कसँगको तालमेल ठीक भए नभएको पहिचान हुन्छ । रिङ्गटा लागेका अधिकांश बिरामी धेरै डाक्टरकोमा चाहर्छन् । रिपोर्ट ठीक भएर पनि समस्या ठीक नभएको महसुस गर्छन् । कतिपयले लामो समयदेखि रिङ्गटा नलाग्ने औषधि सेवन गरिरहेका हुन्छन् । लामो समयसम्म रिङ्गटा नियन्त्रण गर्ने औषधि सेवन गर्नाले शरीरलाई स्थिर राख्ने संयन्त्रहरु कमजोर हुँदै जान्छन् । त्यसैले रिङ्गटाको कारण पहिचान गरी सही उपचार गर्नुपर्दछ । (लेखक त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत हुनुहुन्छ ।)
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

