
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप भित्र्याउन निजी क्षेत्रलाई पनि अनुमति दिने भएको छ ।
विभागले आइतबार एक सूचना जारी गर्दै उक्त खोपको प्रयोग तथा आयात गर्न अनुमति लिन इच्छुक उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक बिक्रेतालाई आवेदन दिन सक्ने जनाएको हो ।
सूचना जारी भएको मितिले ७ दिनभित्र औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता २०७७ को नियमभित्र रहेर आवश्यक कागजातसहित आवेदन गर्न आह्वान गरिएको छ ।
विभागले जारी गरेको सुचनामा भनिएको छ-'आवेदन दिन चाहनेले खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा १० प्रतिशतभन्दा बढी नहुनेगरी विवरण पेश गर्नुपर्नेछ ।'
सेरम इनस्टिच्युटले नेपाललाइ २० लाख डोज खोप दिने भने पनि १० लाख डोज मात्र उपलब्ध गराएको र बाँकी १० लाख डोज तत्काल दिन नसक्ने बताएपछि निजी क्षेत्रलाइ खोप भित्र्याउन अनुमति दिन लागिएको हो ।

भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
बिहीबार, भदौ ११, २०८३
राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु
बिहीबार, भदौ ११, २०८३
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३
