जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घन्टामा थप ५५ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख ७१ हजार ५५० पुगेको छ। निको हुने प्रतिशत दर ९८।६ हो। यस्तै मन्त्रालयका अनुसार ९५४ जना कोरोनाका सक्रिय संक्रमित छन्। बुधबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हाल कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ।
यस्तै अहिले ४९ जना क्वारेन्टाइन र ९५४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
बिहीबार, भदौ ११, २०८३
राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु
बिहीबार, भदौ ११, २०८३
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला
बिहीबार, भदौ ११, २०८३ट्रेन्डिङ
