
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व बैंकले नेपाललाई कोरोना रोकथाम र खोप अभियानमा सघाउन ८ अर्ब ७० करोड रूपैयाँ आर्थिक सहयोग दिने भएको छ ।
नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोरोनाविरूद्धका खोपको समतामूलक वितरणमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास सङ्घ मार्फत् ८ अर्ब ७० करोड रुपैयाँ सहयोग गर्ने विश्व बैंकले जनाएको हो ।
यस सहयोगबाट कम्तीमा एक तिहाइ जनसङ्ख्यासम्म खोपको सुविधा विस्तार गर्न सकिने अपेक्षा गरिएको पनि विश्व बैंकले जनाएको छ । विशेष गरी खोपको खरिद, आपूर्ति र वितरणको सन्दर्भमा कम्तीमा ७२ प्रतिशत नागरिकलाई खोप दिने सरकारको महत्वाकाङ्क्षी योजनालाई सघाउनका लागि साझेदारी गरिएको माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद(जर्भोसले बताउनु भएको छ।
गएको वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर बराबरको कोभिड-१९ आपत्कालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मूल आयोजना तथा सरकारको समग्र कोभिड-१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरूको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो ।
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
बिहीबार, भदौ ११, २०८३
राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु
बिहीबार, भदौ ११, २०८३
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३
