
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतको राजधानी दिल्लीका विमानस्थल, बस स्टप र रेल स्टेसनहरूमा यात्रुलाई कोरोनाभाइरसको परीक्षण गरिने भएको छ।
लगातार कोरोनाभाइरस सङ्क्रमण बढेर दोस्रो लहर देखिएपछि दिल्लीले सो निर्णय गरेको हो।
गत साता मुम्बईले पनि व्यस्त स्थलहरूमा अनिवार्य परीक्षण गर्ने निर्देशन दिएको थियो।
भारतमा हालैका सातामा सङ्क्रमण ह्वात्तै बढेको छ। आइतवारदेखि दैनिक ४०,००० भन्दा बढी सङ्क्रमण पुष्टि भएका छन्।
यो वर्षको सुरुका केही दिनहरूमा भारतमा दैनिक सङ्क्रमण १०,००० भन्दा तल झरेको थियो।
दिल्लीले सिनेमा हल, मेट्रो रेल र धार्मिक स्थानबाट सङ्क्रमण धेरै फैलिन सक्ने बताउँदै त्यहाँ मानिसहरूलाई मास्क र दूरी अनिवार्य गर्ने बताएको छ।
भारतीय सरकारले अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा लगाएको प्रतिबन्धलाई एप्रिल ३० सम्म थपेको छ।
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
बिहीबार, भदौ ११, २०८३
राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु
बिहीबार, भदौ ११, २०८३
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला
बिहीबार, भदौ ११, २०८३ट्रेन्डिङ
