
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँको अनामनगरचोकमा बाथरोग, मधुमेह, थाइराइड तथा मिर्गौला रोगको निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ ।
सिटी स्पेशलिटी हेल्थ क्लिनिकले आगामी चैत २१ गते (शनिवार) निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो । सो शिविरमा सीबीसी, इएसआर, सुगर, युरिक एसिड, क्रिटिनाइन, एसजीपीटी, आरए फ्याक्टर, यूरीन आदिको निःशुल्क जाँच गरिनेछ भने चिकित्सकको सिफारिस अनुसार औषधि वितरण समेत गरिने आयोजकले जनाएको छ ।
साथै थाइराइड जाँच (टिएसएच) रु १५०, मुटुको जाँच (इसीजी) रु १०० र अन्य जाँचमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको सिटी स्पेशलिटी हेल्थ क्लिनिकका प्रवन्ध निर्देशक मीना थापा मगरले जानकारी दिनुभयो ।
साथै त्रिवेणी युवा क्लब सहकार्यमा अनामनगर चोकमा रक्तदान कार्यक्रम समेत सञ्चालन हुने बताएको छ ।
सिटी स्पेशलिटी हेल्थ क्लिनिक र त्रिवेणी युवा क्लब, का.म.न.पा. वडा कार्यालय २९, शिखर युवा क्लब, कालिका महाबिर स्पोर्ट क्लब, वीर गणेशमान सिंह, नागरिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुन लागेको हो ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

