
जनस्वास्थ्य सरोकार । विस्तारै तर निश्चत रुपमा विश्वभर खोप लगाइने छ । मानिसहरु प्रभावकारिताको दरले गर्दा अलमलिएको जस्तो देखिन्छन । ९९ प्रतिशत प्रभावकारी देखिएको खोप ६६ प्रतिशत प्रभावकारी देखिएको भन्दा राम्रो हो भन्ने सोच्नु सामान्य हो । प्रयोग भइरहेका सबैखाले खोपमध्ये कुन खोप सबैभन्दा राम्रो हो त ?
युनिभर्सिटी अफ वासिङटन भ्याक्सिनोलोजिष्टका माइक्रोबायलोजी प्राध्यापक डा. डेबोरा फुलरको भनाई उहाँकै शव्दमा:
सबैभन्दा राम्रो खोप त्यही हो जुन तपाईले लगाउन पाउनुहुन्छ । वास्तवमा खोपलाई त्यसरी तुलना गर्न सकिन्न । ती अंकहरु फरक फरक अवस्थामा आएका हुन् । उदाहरणका लागि फाइजर र मोडेर्नाको खोप भाइरसको पहिलो प्रजाति भएका बेला परीक्षण भएको थियो । यो परीक्षण गर्दा संक्रमितको संख्या धेरै थिएन । तर जोनसन एण्ड जोनसन र एस्ट्राजेनेका खोपहरु दक्षिण अफ्रिका सहित अन्य भौगोलिक क्षेत्रमा परीक्षण गरियो । जहाँ नयाँ प्रजातिका भाइरस देखा परिरहेका थिए र संक्रमित जनसंख्या पनि धेरै थियो । त्यसैले भाइरसबाट बचाउन खोपका लागि उच्च मापदण्ड तोकियो । खोपहरुलाई तुलना गर्नका लागि एकै समय एकै मानिस र एउटै भूगोलमा परीक्षण गर्नुपर्छ ।
सबैभन्दा महत्वपुर्ण कुरा सबै खोप उत्कृष्ट छन् । खोपहरु तपाइलाई रोगबाट बचाउन बनाइएका हुन् । खोप लगाएपछि यदि भाइरसबाट संक्रमित भएपनि अधिकांश मानिसले थाहा नै पाउदैनन् । किनकी उनीहरुमा रोगको लक्षण देखा पर्दैन । र देखिएपनि ती सामान्यखाले हुन्छ ।
यी सबै खोपहरुले गम्भिर अवस्था र अस्पताल भर्ना हुनुपर्ने अवस्थाबाट सतप्रतिशत जोगाउने बताएका छन । जुन अतभुतपुर्ण हो । यो दौडका लागि लगाउने जुत्ता जस्तो हो । जुन जुत्ता लगाएपनि तपाई एक माइल दुरी डौड्न सक्नुहुन्छ । जुनसुकै खोप लगाएपनि तिनले तपाइलाई जटिल अवस्था आउन दिँदैन । बिबिसी
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

