जनस्वास्थ्य सरोकार। भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितको संख्या बढेसँगै कोरोनाका कारण गम्भीर विरामी हुनेको संख्या पनि बढेको छ । कोरोना संक्रमणपछि गम्भीर प्रकृतिको न्युमोनिया भएका विरामीहरु अक्सिजन समेत अभाव हुन थालेको छ । अस्पताल पुर्याउन एम्बुलेन्स नपाउने, अस्पतालमा शैया र औषधि नपाएर मृत्यु हुनेको संख्या दिनप्रति दिन बढिरहेको समाचारमा उल्लेख छ ।
पछिल्लो २४ घन्टामा मात्रै भारतमा कोरोना संक्रमणका कारण २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । भारतमा हालसम्म संक्रमणकै कारण मृत्यु हुनेको संख्या १ लाख ८२ हजार नाघेको छ ।
विश्वमै अमेरिकापछि दोस्रो बढी प्रभावित मुलुक भारतमा हालसम्म १ करोड ५६ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । दैनिक संक्रमितको संख्याका आधारमा भारत विश्वमै सबैभन्दा प्रभावित छ ।
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
बिहीबार, भदौ ११, २०८३
राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु
बिहीबार, भदौ ११, २०८३
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३
