
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतको राजधानी दिल्लीसहित धेरै शहरहरुका अस्पतालका शैयाहरु विरामीले भरिएपछि विरामीहरु घरमै उपचार गर्न बाध्य भएका छन् ।
गम्भीर विरामीको घरमै उपचार गर्नुपर्ने अवस्थाले विरामीको मृत्युदर बढेको छ । आवश्यक औषधि र अक्सिजनको अभाव र कालोबजारीका कारण विरामीहरु नराम्ररी प्रभावित भएका छन् ।
घरमा विरामीहरुको अवस्था गम्भीर बन्दै गएपछि अक्सिजनको खोजीमा परिवारका सदस्यहरु भौतारिने गरेका छन् । अभाव र संकटकै बीच कालोबजारी गर्नेहरुका विरामीहरु थप मारमा पर्ने गरेका छन् ।
सामान्य अवस्थामा बजारमा ६ हजार मूल्य पर्ने अक्सिजन सिलिन्डरलाई ब्लाक मार्केटमा ५० हजार तिरेर किन्नु परेको गुनासो उपभोक्ताहरुको छ ।
राजधानी दिल्ली र नजिकको शहर नोयडामा अक्सिजन अक्सिजन नपाइए पनि कालोबजारी गर्नेहरुले बढी मूल्य लिएर अक्सिजनको आपूर्ति गर्ने गरेका छन् ।
भारतमा पछिल्लो २४ घन्टामा मात्रै ३ लाख ५४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टाको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ८ सयभन्दा बढी छ । विगत केही दिनदेखि भारतमा संक्रमण र मृत्युदर निकै उच्च छ ।
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
बिहीबार, भदौ ११, २०८३
राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु
बिहीबार, भदौ ११, २०८३
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३
