
कोभिड-१९ को दोस्रो लहरका लागि पुर्व तयारी गर्न सरकारसँग प्रशस्त समय थियो । तर पुर्व तयारीमा हामी चुक्यौँ । अब तेस्रो लहरका लागि हामी आफै तयार हुनुपर्छ । खोप नलगाएका व्यक्ति र बालबालिहरुका तेस्रो लहरबाट बढी प्रभावित हुने विश्लेषण छ । कोभिडको तेस्रो लहरसँग जुध्न पुर्व तयारी सुरु गर्न अनिवार्य छ ।
विश्वभरको तथ्यांक हेर्दा कोभिडको तेस्रो लहर आउने निश्चित प्रायः रहेको छ । पहिलो लहरमा बूढापाका र दोस्रो लहरमा युवा युवती बढी प्रभावित भएजस्तै तेस्रो लहरले बालबालिका बढी प्रभाव र जोखिममा पर्ने अनुमान छ ।
यसको प्रमुख कारण भाइरसले गर्ने म्युटेशन (उत्परिवर्तन) हो । पहिलो लहरमा कोभिडले मुख्य रूपमा वृद्ध र रोगप्रतिरक्षात्मक शक्ति कम भएका व्यक्तिलाई आक्रमण गर्यो । दोस्रो लहरले युवाहरूलाई ठूलो संख्यामा आक्रमण गर्दैछ । तेस्रो लहरले बच्चाहरूलाई आक्रमण गर्ने सम्भावना छ । किनकि बालबालिका बाहेक अरु प्रायः पहिले नै संक्रमित भैसकेका वा खोप लगाइसकेका हुन्छन । बच्चाका लागि खोप नभएकाले उनीहरूको वरपर रहने सबैलाई खोप दिएर सुरक्षित राख्न जÞरूरी छ । समयमै पुर्वतयारी गरेर तेस्रो लहरमा हुनसक्ने क्षति न्युनिकरण गर्न सकिन्छ ।

एउटा भाइरस मानव शरीरमा प्रवेश गरेपछि त्यसले कोषिकाको संख्या बढाउन थाल्छ । यस्तो प्रक्रियालाई वैज्ञानिकको भाषामा रिप्लिकेशन भनिन्छ । यसरी एउटा शरीरमा धेरै संख्यामा कोषिकाको निर्माण भएपछि भाइरस शरीरबाट अर्को शरीरमा फैलिन सुरु गर्छ । त्यसले पुरानै तरिकाले आफ्ना कोषिकाको बृद्धि गर्छ ।
भिन्नभिन्न शरीरमा आफ्ना कोषिकाको विकास गर्दै जाँदा मानव शरीरका गुणहरु पनि भाइरसको विकासमा सहभागी हुन्छन् । यसरी भाइरसले आफूलाई बदल्दै जान्छ । जसलाई विज्ञानको भाषामा उत्परिवर्तन, परिस्कार (म्युटेशन) भनिन्छ ।
यसरी अलगअलग तरिकाले भाइरस परिस्कृत हुँदै जाँदा २–३ महिनाको अन्तरालमा यसका धेरै गुणहरु परिवर्तन हुन्छन् र नयाँ प्रजाति (भेरिएन्ट) तयार हुन्छन् । जब कुनै एक भाइरसले बिमारीको लक्षण बदल्न सुरु गर्छ, त्यसपछि यसको फैलने रफ्तार र बिमारीमा देखिने असर पनि बद्लिन थाल्छ । यसरी नै कोरोना भाइरस अस्तित्वमा आइसकेपछि यसका हजारौं रिप्लिकेशन भइसकेका छन् र कयौं नयाँ प्रजातिको भाइसर विकास भइसकेका हुन्छन् । कोरोना भाइरसका सयौं त्यस्ता भेरिएन्टको चर्चा सुनिँदैन । धेरैजसो भेरिएन्ट कमजोर भएर जान्छन् र उनीहरुको संक्रमण दर पनि ज्यादै कम हुन्छ । तर कुनैकुनै यति शक्तिशालि हुन्छन् की, अरु प्रजातिभन्दा हजारौं गुणा छिटो संक्रमण फैलाउन र मावन शरीरमा गम्भिर लक्षण उत्पन्न गर्न उनीहरु सक्षम हुन्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिले दुनियाँमा सयौं भेरिएण्टका कोरोना भाइरस अस्तित्वमा छन् । तर त्यसमध्ये केवल ३ प्रजातिलाई निकै शक्तिशाली मानिन्छ । दक्षिण अफ्रिका, ब्राजिल र ब्रिटिश भेरिएन्टका कोरोना भाइरस अति तीव्र संक्रामक मानिन्छन् ।
यसबाहेक अरु ७ प्रजातिका कोरोना भाइरसलाई पनि वैज्ञानिकहरु संक्रामक मान्छन् । तिनै ७ मध्येको एउटा हो, महाराष्ट्र भेरिएन्ट । यसलाई ब्रिटिश भेरिएण्टकै उपजाति मानिन्छ । ब्रिटिश भेरिएण्टको अहिलेसम्म २३ म्यूटेशन भइसकेको छ भने महाराष्ट्र भेरियण्टको १५ म्युटेशन भएको छ ।
अहिले भारतमा पनि कयौं भेरिएन्टका कोरोना भाइरसको संक्रमण भइरहेको छ । सबै मानिसलाई एकै किसिमको कोरोना भाइरस संक्रमण भएको छैन । विज्ञ चिकित्सकका अनुसार महाराष्ट्रमा ५०–६० प्रतिशत संक्रमण डबल म्युटेण्टले गराएको छ । यो भेरियण्ट अहिले साउथ एसियाका विभिन्न ठाउँहरूमा फैलिन थालेको छ । ब्रिटिश भेरिएन्ट अहिले भारतमा पाइएको छ । अब अरु प्रजातिका कोरोना भाइरस खत्तम भएर महाराष्ट्र भेरिएण्ट नै सबैमा संक्रामक हुने जोखिम बढ्न थालेको छ ।
नयाँ भेरियण्टको विकास रोक्न सकिन्छ ?
जब भाइरसले शरीरमा छिरेर आफूलाई बदल्न थाल्छ, त्यसपछि नयाँ समस्या सुरु हुन थाल्छ । यदि भाइरसको म्युटेशन नै रोक्न सकियो र नयाँ भेरिएण्टको उत्पादन नै हुन दिइएन भने समस्या नै हुने थिएन ।
भाइरसको नयाँ प्रजातिको विकास हुन नसक्ने अवस्था बनाउन सक्छौं त ?
वैज्ञानिकहरु को अनुसन्धान जारी छ तर मान्छेले भने भाइरसको यस किसिमको विकासलाई रोक्न सक्छ । भाइरसलाई नयाँ प्रजातिको विकास गर्न धेरै मान्छेको शरीमा पसेर म्युटेशन प्रक्रिया सञ्चालन गर्नुपर्ने हुन्छ । यदी कोही एकजनाको शरीरबाट अर्को शरीरमा भाइरस छिर्नै पाएन भने यो प्रक्रिया रोकिन्छ ।
तपाईंले मास्क लगाउनु भयो भने संसारको जतिसुकै शक्तिशाली र संक्रामक भाइरस भए पनि त्यसले समस्या पार्न सक्दैन ।
सबैले मास्क लगाउने हो भने भाइरस अर्को शरीरमा छिर्न पाउँदैन र यसले म्युटेशन रोकिन्छ । नयाँ प्रजातिको कोरोना भाइरस उत्पन्न हुन नदिने यही एउटा उपाय हो ।
- अभिभावकहरू सतर्क रहेर र घरमा पाहुना,भोज भतेर,जमघट हुने कामहरूबाट टाडा रहने वा नगर्ने ।
- बालबालिकाहरुको हात समय–समयमा सफा गर्ने गराउने, र घरमा पनि सामाजिक दूरी कायम राख्नुहोस् ।

- सन्तुलित आहार विहारलाई पालना गर्नुपर्छ । सबै आवश्यक पोषक तत्वहरू समावेश गर्ने प्रयास गर्नुहोस् । यसले उनीहरूको रोग प्रतिरोध क्षमता बढाउन मद्दत गर्दछ ।
- तपाइँको बच्चालाई र आफैपनि घरमा व्यायाम प्राणायाम गर्न सक्नुहुन्छ ।
- बारम्बार छुईने जस्तै ढोका, ह्यान्डल, फर्निचर, कुर्सी, वालेट, कम्पुटर, ल्यापटप मोवाईल र काउन्टर निश्चित अवधि पछि स्यानीटाइज गर्नुपर्छ ।
- यदि आमाबाबुले बिरामी महशुस गर्नुहुन्छ र खोकि–चिसो र ज्वरो जस्ता लक्षणहरु देखिएमा आफूलाई बच्चाहरूबाट अलग राख्नुपर्छ ।
- बच्चाहरूले मास्क लगाउन मान्दैनन् भने उनीहरूलाई मास्क लगाउने र कोरोनाभाइरससँग लड्नुको महत्वबारे राम्रोसंग कुरा गरौँ । आफू पनि बुझनुस् अरूलाई पनि बुझाउनुहोस् ।
- कुनै पनि लक्षण देखिए बेवास्ता नगर्नुहोस् । यदि तपाईको बच्चालाई खोकी, चिसो वा ज्वरो आएको छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनुहोस्।
- आफ्ना बच्चाहरूलाई कोभिडको बारेमा र यो कसरी फैलिन्छ भन्ने बारेमा सिकाउनुहोस् । यसो भनेर फेरि मानसिक तनाव नादिनुहोस्।
- कोभिडबाट बच्न र बचाउन कोभिडसँग लड्न सिकाउनुहोस् । आत्मबल उच्च राखौं । सोच सकारात्मक बनाऔं !
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
