जनस्वास्थ्य सरोकार, काठमाडौँ । मेयर मानबहादुर जिसीको उपचारका लागि पोखरा महानगरपालिकाले १० लाख रुपैयाँ दिने भएको छ ।
गत साउन १ गते मस्तिष्कघातबाट पीडित मेयरको उपचारका लागि महानगर उपमेयर मञ्जुदेवी गुरुङको अध्यक्षमा मंगलवार बसेको ५१औं कार्यपालिका बैठकले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
मेयर जिसीको हाल काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । सो रकम प्रकोप व्यवस्थापन कोषबाट खर्च गर्ने निर्णय भएको महनगरका प्रवक्ता धनबहादुर नेपालीले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
उहाँलाई शुरूमा हृदयघात भनिएकोमा मणिपालमा उपचारार्थ लैजाँदा चिकित्सकले मस्तिष्कघात पुष्टि गर्दै थप उपचारका लागि काठमाडौं रेफर गरेका थिए । उहाँलाई सोही दिन हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।
उहाँको शल्यक्रिया समेत भएको छ । हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सचिवालयले जानकारी दिएको छ ।
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
बिहीबार, भदौ ११, २०८३
राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु
बिहीबार, भदौ ११, २०८३
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३
