जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाको दैनिक संक्रमणदर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
९ हजार ७ सय ८३ पीसीआर परिक्षणबाट २ हजार ४ सय ६७ जनामा र ४ हजार ८ सय ७८ एन्टिजेन परिक्षणबाट १ हजार १ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल १९ दशमलव ३ प्रतिशतका दरले संक्रमण फैलिरहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय १६ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुनेको दर ९४ दशमलव १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा संक्रमणका कारण ज्यान गुमाएका २७ जना थपिएका छन् । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ३४ पुगेको छ ।
नेपालमा संक्रमणका कारण हुने मृत्युको दर हाल १ दशमलव ५ प्रतिशत रहेको छ । हालसम्म ३७लाख ७९ हजार ९ सय ३२ जनाले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने १६ लाख २१ हजार ७ सय ५४ जनाले खोपको दुवै मात्रा लिइसकेको मन्त्रालयले उल्लेख गरेको छ ।
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
बिहीबार, भदौ ११, २०८३
राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु
बिहीबार, भदौ ११, २०८३
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३
