जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले आजदेखि क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वितरण गर्ने भएको छ ।
देशिक रोजगारीमा जाने सबैले अनिवार्यरूपमा विद्युतीय खोप प्रमाणपत्र लिनुपर्ने भएपछि यसलाई व्यवस्थित गर्न सरकारले क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वितरण गर्न लागेको हो ।
यसका लागि अनलाइनमार्फत तोकिएको ढाँचामा फारम भरी मागिएका कागजातहरु अपलोड गर्नुपर्ने हुन्छ ।
विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइन सेवा सुरु गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
अनलाइनबाट अपलोड गर्न नसक्नेहरुको लागि भने स्वास्थ्य मन्त्रालयले आज बिहान १० बजेदेखि हरेक दिन राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा गएर कागजातहरु पेश गर्नुपर्ने व्इवस्था मिलाइएको छ ।
क्युआर कोडका लागि राहदानी, खोप कार्ड, विदेश जानेको हकमा भिसा र टिकटको फोटोकपी आवश्यक पर्नेछ । खोपको मात्रा पूरा गरेका सबै व्यक्तिहरूलाई क्यूआर कोडसहितको विद्युतीय प्रमाण पत्र उपलब्ध गराउँदै जाने मन्त्रालयले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य समस्याका कारण धुर्मुस परिवारसहित अमेरिका
शुक्रबार, मंसिर २६, २०८२
