जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले आजदेखि क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वितरण गर्ने भएको छ ।
देशिक रोजगारीमा जाने सबैले अनिवार्यरूपमा विद्युतीय खोप प्रमाणपत्र लिनुपर्ने भएपछि यसलाई व्यवस्थित गर्न सरकारले क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वितरण गर्न लागेको हो ।
यसका लागि अनलाइनमार्फत तोकिएको ढाँचामा फारम भरी मागिएका कागजातहरु अपलोड गर्नुपर्ने हुन्छ ।
विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइन सेवा सुरु गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
अनलाइनबाट अपलोड गर्न नसक्नेहरुको लागि भने स्वास्थ्य मन्त्रालयले आज बिहान १० बजेदेखि हरेक दिन राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा गएर कागजातहरु पेश गर्नुपर्ने व्इवस्था मिलाइएको छ ।
क्युआर कोडका लागि राहदानी, खोप कार्ड, विदेश जानेको हकमा भिसा र टिकटको फोटोकपी आवश्यक पर्नेछ । खोपको मात्रा पूरा गरेका सबै व्यक्तिहरूलाई क्यूआर कोडसहितको विद्युतीय प्रमाण पत्र उपलब्ध गराउँदै जाने मन्त्रालयले जनाएको छ ।

भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
बिहीबार, भदौ ११, २०८३
राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु
बिहीबार, भदौ ११, २०८३
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३
