जनस्वास्थ्य सरोकार । कोरोनाभाइरसको डेल्टा भेरिअन्टबाट बिरामी परेका मानिस अल्फा र केन्ट भेरिअन्टबाट बिरामी परेकाभन्दा बढी सिकिस्त हुने तथ्याङ्कहरूले देखाएका छन्।

यूकेमा गरिएको एक अध्ययनले डेल्टाबाट सङ्क्रमित मानिसहरूलाई अरू भेरिअन्टभन्दा बढी अस्पताल जानुपर्ने अवस्था आएको समेत देखाएको छ।
कोभिडविरुद्ध खोपको महत्त्वमा जोड दिँदै चिकित्सासम्बन्धी अनुसन्धान प्रकाशन गर्ने लान्सेट जर्नलमा छापिएको प्रतिवेदनले कोभिड खोपले डेल्टासहित जुनसुकै भेरिअन्टबाट पनि सिकिस्त बिरामी हुनबाट रोक्ने उल्लेख गरेको छ।
बेलायतलगायत धेरै देशहरूमा डेल्टा भेरिअन्ट मुख्य चुनौतीको रूपमा देखिएको छ।
पब्लिक हेल्थ इङ्गल्यान्ड र मेडिकल रिसर्च काउन्सिलले गत मार्चदेखि मे महिनाबीचका ४३,३३८ कोभिड सङ्क्रमितको अध्ययन गरेका थिए।
डेल्टा र अल्फा भेरिअन्ट फैलिएको उक्त समयमा गरिएको अध्ययनले एक मात्रा पनि खोप नलगाएका मानिसहरू बढी सङ्क्रमित भएको देखाएको थियो।
अध्ययनमा समेटिएकामध्ये अधिकांशलाई अस्पताल जानुपर्ने आवश्यकता नपरे पनि डेल्टा भेरिअन्टबाट सङ्क्रमित मध्ये २।३ प्रतिशत अर्थात् १९६ जनालाई र अल्फा भेरिअन्टबाट सङ्क्रमित मध्ये २।२ प्रतिशत अर्थात् ७६४ अस्पतालको आवश्यकता परेको थियो।
फरक(फरक उमेर, लिङ्ग र जातजातिको विवरण मिलाउँदा अल्फाभन्दा डेल्टा भेरिअन्टबाट सङ्क्रमित हुनेहरू अस्पताल भर्ना हुनुपर्ने खतरा समेत दोबर देखिएको थियो।
विज्ञहरूले उच्चतम सुरक्षाका लागि दुवै मात्रा खोप लगाउनुपर्ने बताएका छन्। पब्लिक हेल्थ इङ्गल्यान्डको पछिल्लो विश्लेषणले फाइजर खोप लगाएकाहरूलाई ९६ प्रतिशत र आस्ट्राजेनेका लगाएकाहरूलाई ९२ प्रतिशतसम्म अस्पताल भर्ना हुनबाट बचाउने उल्लेख गरेको छ।
अन्य अनुसन्धानहरूले लक्षण सहितको सङ्क्रमणबाट बचाउने दर भने निश्चित समयपछि खस्कँदै जाने बताएका छन्।
तर पनि खोपहरूले डेल्टा भेरिअन्टले निम्त्याउने अस्पताल भर्ना र मृत्युलाई रोक्न निकै सहयोग गर्ने अनुसन्धानले देखाएको छ। यूकेमा १६ वर्ष माथिका ८८ प्रतिशत अर्थात् चार करोड ७९ लाख मानिसहरूले कोभिड खोपको पहिलो मात्रा लगाइसकेका छन्।
दोस्रो मात्रा लगाउने चार करोड २० लाख अर्थात् ७८ प्रतिशत छन्।
दोस्रो मात्रा लगाएको पनि केही हप्तापछि मात्रै कोभिडबाट बच्ने प्रतिरक्षा विकास हुने बताइएको छ।
'खोपहरूले डेल्टा भेरिअन्टबाट पनि बचाउने हामी सबैलाई थाहा भइसकेका कारण अब खोप लगाउन बाँकी सबैले सकेसम्म छिटो दुवै मात्रा खोप लगाउन आवश्यक छ पब्लिक हेल्थ इङ्गल्यान्डका डा. गभिन दबरेरा भन्छन्। बीबीसी
रहेनन् आफ्नै शरीरमा आगो लगाएका गणेश नेपाली
शुक्रबार, असार २६, २०८३
अङ्ग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि आवेदन आह्वान
शुक्रबार, असार २६, २०८३
अटिजममा आधारित नमूना विद्यालय स्थापनाका लागि प्रतिवेदन हस्तान्तरण
शुक्रबार, असार २६, २०८३
राहदानी विभागमा आत्मदाह प्रयास गर्ने युवाको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै
बिहीबार, असार २५, २०८३
