जनस्वास्थ्य सरोकार, एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५८ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा १ लाख ५१ हजार ७४० जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ३८५ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ लाख ५६ हजार ३४१ जना रहेको छ ।
भारतमा हालसम्म ३ करोड ५२ लाख ३७ हजार ४६१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यसैगरि यहाँ महामारी सुरु भएयता संक्रमणको कारणले ४ लाख ८६ हजार ४३१ जनाको निधन भएको छ । महामारी नियन्त्रणमा अह्म भुमिका निर्वाह गर्ने कोरोनाविरुद्धको खोप हालसम्म १ अरब ५७ करोड २० लाख ४१ हजार ८२५ डोज लगाइएको छ । भारतमा पुष्टि भएका कुल संक्रमितमध्ये ८ हजार २०९ जना ओमिक्रोन संक्रमित रहेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
बाढीका घाइतेलाई बागमतीका सबै सरकारी अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ ११, २०८३
शव राख्ने ठाउँ अभाव भएपछि भरतपुरबाट पोखरा पठाइँदै
बिहीबार, भदौ ११, २०८३
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
