नेपाल हेल्थ न्युज, काठमाडौं । चीनको तिब्बत हुँदै रसुवामा प्रवेश गरेको भयानक बाढीका कारण घाइते भएका ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
नेपाल प्रहरीका अनुसार काठमाडौंका विभिन्न अस्पतालमा मात्रै २५ जना घाइते उपचाररत छन्। काठमाडौंस्थित ट्रमा सेन्टरमा नुवाकोटको विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछानेको उपचार भइरहेको छ। यस्तै, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, सल्यान, जाजरकोटलगायत जिल्लाका घाइतेहरूको उपचार भइरहेको छ।
प्रहरीका अनुसार शिक्षण अस्पतालमा नुवाकोट विदुर नगरपालिका–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्वा तामाङ, कुशल मगर, नाम–थर नखुलेका दुई पुरुष, सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ तथा जाजरकोटका बलबहादुर घर्ती मगर उपचाररत छन्।
यस्तै, गोसाइँकुण्ड–७ का कामु नगरकोटीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। नगरकोटीसँग तीन महिनाको नाबालक शिशुसमेत रहेको जनाइएको छ।
शिक्षण अस्पतालमै टिमुरे गोसाइँकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, ठेगाना नखुलेका फुर्प लामा, बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ की सुराची राना मगर र भक्तपुर चाँगुनारायण नगरपालिका–१ की रिता दोचाको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव सुमित्रा गौतमका अनुसार रसुवा अस्पतालमा मात्रै बाढीबाट घाइते भएका २१ जनालाई उपचारका लागि पुर्याइएको छ।
त्यस्तै, नुवाकोटको त्रिशूली अस्पतालमा १६ जना घाइते उपचाररत छन्। सचिव गौतमका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। तिब्बत हुँदै रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ।
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
बाढी–पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिन मेडिकल काउन्सिलको आग्रह
बुधबार, भदौ १०, २०८३
