नेभिगेशन

शव राख्ने ठाउँ अभाव भएपछि भरतपुरबाट पोखरा पठाइँदै

नेपाल हेल्थ न्युज, पोखरा । चितवनस्थित भरतपुर अस्पतालको शवगृहमा शव राख्ने स्थान अभाव भएपछि विभिन्न ठाउँमा भेटिएका शवहरू पोखरा ल्याउन थालिएको छ।

हालसम्म ९ वटा शव पोखरा ल्याइएको र ती शवहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षित राखिएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिनुभएको छ।

उहाँका अनुसार धादिङ, गोरखा, चितवन तथा पूर्वी नवलपुर क्षेत्रमा भेटिएका थप शवसमेत पोखरा ल्याउने तयारी भइरहेको छ।

भरतपुर अस्पतालमा शव राख्ने क्षमता सीमित भएपछि व्यवस्थापनका लागि शवहरू पोखरा पठाउन थालिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट