जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाका जिल्ला प्रशासनहरुले निषेधका नयाँ आदेश जारी गरेका छन्।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आजदेखि लागू हुने गरी नयाँ आदेश जारी गरिएको हो।
जिल्ला प्रशासन कार्यालयहरुले सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्तसम्मलाई रोक लगाएको छन्। यसैगरि सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ गतेसम्म सञ्चालनमा रोक लगाइएको छ।
यस्तै, गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न पनि प्रशासन कार्यालयले निर्देशन जारी गरेका छन्।
विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु माघ १५ गतेसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने पनि जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख छ।
मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा माघ मसान्तसम्म नित्य पूजा र प्रार्थना मात्रै गर्ने गराउने पनि नयाँ आदेशमा भनिएको छ।
शव राख्ने ठाउँ अभाव भएपछि भरतपुरबाट पोखरा पठाइँदै
बिहीबार, भदौ ११, २०८३
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
