नेभिगेशन

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा मृत्यु भएकाका परिवारलाई कानुनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने, घाइतेको निःशुल्क उपचार तथा प्रभावितको तत्काल उद्धार गर्ने निर्णय गरेको हो।

सरकारले सडक, विद्युत्, खानेपानी र दूरसञ्चार सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने तथा क्षतिग्रस्त सार्वजनिक संरचना पुनर्निर्माणका लागि आवश्यक स्रोत परिचालन गर्ने निर्णयसमेत गरेको छ।

mantriparishad-nirnaye-1787737075.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट