जनस्वास्थ्य सराकोर, काठमाडौँ । कोरोनाविरुद्ध खोपको अवैध रुपमा बेचबिखन भइरहेका खबरहरु सार्वजनिक भएपछि सरकारले त्यस्तो थाहा भएमा प्रहरी, प्रशासन र स्वास्थ्य कार्यलयहरुमा खबर गर्न आग्रह गरेको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै बजारमा कसैले कोभिड–१९ विरुद्धको खोप बेचबिखन भइरहेको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यलय, पालिका वा स्वास्थ्य कार्यलयमा खबर गर्न भनिएको छ ।
अवैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुन बमोजिम कारवाही हुने केन्द्रले जनाएको छ । साथै, बजारमा बेचबिखन भइरहेका खोपहरु नक्कली हुन सक्नेमा सजग र सर्तक रहन पनि सुचनामा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
शव राख्ने ठाउँ अभाव भएपछि भरतपुरबाट पोखरा पठाइँदै
बिहीबार, भदौ ११, २०८३
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
