जनस्वास्थ्य सरोकार, एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वभर ३४ लाख ६१ हजारभन्दा धेरै व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस अवधिमा १८ लाख ५८ जना कोभिड कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यस्तै, संक्रमणको कारणले ८ लाख ८३२ जनाको निधन भएको छ । अत्यधिक संक्रमित रहेको राष्ट्रमध्ये अमेरिका पहिलो, फान्स्र दोस्रो र भारत तेस्रोे अंकमा छ । क्रमशः अमेरिकामा ७ लाख १० हजार, फ्रान्समा ४ लाख ३६ हजार र भारतमा ३ लाख १७ हजार जना संक्रमित रहेका छन् ।
यस अवधिमा अमेरिकामा संक्रमणको कारणले २ लाख ३७४ जनाको निधन भएको छ । त्यसैगरि भारतमा ४९१ जनाको निधन भएको छ । विश्वभर सक्रिय संक्रमितको संख्या ६ करोड ७ लाखभन्दा बढी रहेको छ । जसमध्ये अमेरिकामा मात्रै २ करोड ५ लाख जना रहेका छन् ।
कोरोना भाइरस सन् २०१९, डिसेम्बरमा पहिलो पटक चीनको वुहान शहरमा पुष्टि भएको थियो । बिस्तारै संक्रमण महामारीको रुपमा विश्वभरि नै फैलियो । विश्वमा हालसम्म ३३ करोड ९२ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ । यसैगरि २७ करोड २८ लाख व्यक्तिहरु संक्रमणमुक्त भएका छन् । यस महामारीको चपेटामा परेर करिब ५५ लाख ८३ हजार जनाको निधन भइसकेको छ ।
शव राख्ने ठाउँ अभाव भएपछि भरतपुरबाट पोखरा पठाइँदै
बिहीबार, भदौ ११, २०८३
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
