
जनस्वास्थ्य सरोकार । हामी सबैले हाम्रो जीवनको कुनै न कुनै बिन्दुमा उदास र निराश महसुस गरेको हुनुपर्छ । असफलता, संघर्ष र बिछोडको कारण दुखी हुनु सामान्य हो ।
तर यदि दुःखी, असहायता, निराशाजस्ता भावनाहरू केही दिनदेखि केही महिनासम्म रहिरहने र मानिसले आफ्नो दिनचर्या सामान्य रूपमा चलाउन नसकेमा त्यो डिप्रेसन भन्ने मानसिक रोगको लक्षण हुन सक्छ ।
डिप्रेशन एक साधारण मानसिक विकार हो । विश्वव्यापी रूपमा ६ प्रतिशत वयस्कहरू डिप्रेसनबाट ग्रस्त भएको यो अनुमान गरिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले १३ सेप्टेम्बर २०२१ मा प्रकाशित गरेको तथ्याङ्क अनुसार विश्वभर २८ करोड मानिस डिप्रेसनको समस्याबाट पीडित छन् । डिप्रेसनबाट विश्वका ३.८ प्रतिशत जनसंख्या प्रभावित छन् । जसमा ६० वर्ष मुनिका ५.० प्रतिशत र ६० वर्षमाथिका ५.७ प्रतिशत जनसंख्या डिप्रेसनको शिकार भएका छन् ।
डिप्रेसन भएको व्यक्तिले आत्महत्या गर्नसक्छ । संगठनका अनुसार, हरेक वर्ष आत्महत्याका कारण सात लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । १५–२९ वर्ष उमेर समूहमा मृत्युको चौथो प्रमुख कारण आत्महत्या भएको संगठनको ठहर छ ।
डिप्रेसन सामान्यतया किशोरावस्था वा ३० देखि ४० वर्षको उमेरमा सुरु हुन्छ तर जुनसुकै उमेर समूह पनि डिप्रेसनको शिकार हुनसक्छ । पुरुषको तुलनामा महिलाहरु डिप्रेसनको शिकार हुने सम्भावना बढी हुन्छ । मानसिक कारकहरू बाहेक, हार्मोनल असन्तुलन, गर्भावस्था र आनुवंशिक दोष पनि डिप्रेसनको कारण मानिएको छ ।
लक्षणहरूको संख्या र तीव्रताको आधारमा विभिन्न प्रकारका डिप्रेसनहरू छन् । जुन मध्यमदेखि धेरै गम्भीरसम्म हुन सक्छ, जसको सफल उपचारका लागि गहन परीक्षण आवश्यक हुन्छ ।

डिप्रेसनका लक्षण
- हरेक दिन थकित र कमजोर महसुस गर्नु
- अयोग्य वा दोषी महसुस गर्नु
- ध्यान केन्द्रित रहन र निर्णयमा कठिनाई
- लगभग हरेक दिन धेरै वा कम सुत्ने
- सबै गतिविधिहरूमा सुस्तता
- मृत्यु वा आत्महत्याको बारम्बार विचारहरू आउनु
- सुस्त महसुस हुनु
- अचानक तौल बढ्नु वा घट्नु
यदि कुनै व्यक्तिमा यस्ता लक्षण २ हप्ता वा त्यो भन्दा बढी भएमा डिएसएस–५ (परीक्षण प्रविधि) अनुसार उसलाई डिप्रेसन हुनसक्छ ।
आजकल डिप्रेसनका लागि विभिन्न उपचारहरू उपलब्ध छन् ।
एक मनोचिकित्सकले डिप्रेसनको प्रकार र गम्भीरताको आधारमा सही उपचार छनौट गर्दछ, जस्तै परामर्श, व्यवहार परिवर्तन, समूह थेरापी, औषधिहरू, वा मिश्रित दृष्टिकोण आदि । उचित उपचारपछि डिप्रेसनका अधिकांश बिरामीहरू पूर्णरूपमा निको भएर आफ्नो सामान्य जीवनमा फर्कन सक्षम हुन्छन् । डिप्रेसनबाट बच्न राम्रो मनोचिकित्सकको सल्लाह लिनु आवश्यक छ ।
डिप्रेसन एक धेरै सामान्य तर गम्भीर समस्या हो जसबाट बाहिर आउन एक व्यक्तिलाई चिकित्सकको सहायता चाहिन्छ । डिप्रेसन डिमेन्सिया होइन र डिप्रेसन भएका अधिकांश बिरामीहरू पूर्ण रूपमा निको हुन सक्छन् । यस समस्याबाट छुटकारा पाउन डाक्टर र बिरामीको साथसाथै उसको घर परिवार र साथीभाइको सहयोग अत्यन्त आवश्यक छ ।
डिप्रेसनबाट बच्ने उपाय
- व्यायाम, योग र ध्यान गनआफूलाई काममा व्यस्ता राख्ने
- सकारात्मक सोच्ने
- एक्लै नबस्ने, साथीहरुसँग घुलमिल गर्ने
- संगीत सुन्ने
- नयाँ पुस्तकहरु पढ्ने
- दुःखी गीतहरू नसुन्ने
शोधखोज
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
