
क्यान्सर शरीरको कुनैपनि ठाउँमा असामान्य कोशिकाको अनियन्त्रित बृद्धि हो । क्यान्सर संसारभर मृत्युको प्रमुख कारण हो र संसारमा ज्यान लिने धेरै रोगहरुमध्ये यो दोस्रो स्थानमा रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
क्यान्सर सयौं प्रकारका हुन्छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१८ मा अनुमानित २ लाख २१ हजार २७६ मा गरेको क्यान्सर रजिष्ट्रीमा पुरुषहरुमा फोक्सोको क्यान्सर सबैभन्दा बढी पाइएको छ । त्यसपछि आमाशय थायराइड, प्रोस्टेट, पित्तासय र कलेजोको क्यान्सर रहेका छन् ।
महिलाहरुमा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी भेटिएको छ । त्यसपछि फोक्सो, पाठेघर, डिम्बासय र स्तन क्यान्सर छन् ।
क्यान्सरले कति व्यक्तिको चाँडै ज्यान लिनसक्छ भने कोही क्यान्सर भएरपनि दशकौं बाँचेका उदाहरणहरु पाइन्छ । पहिलो चरणमा पत्ता लागी सही उपचार पाएमा कोलोन क्यान्सर, प्याँक्रियाटिक क्यान्सर, स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर र फोक्सोको क्यान्सरका असर न्युन गर्न सकिन्छ ।
वायोप्सीबाट क्यान्सर पत्ता लगाउन सकिएपनि क्यान्सरको प्रकार, यसको खतरा र आवश्यक औषधोपचारको निर्णय लिन इम्युनोहिस्टोकेमिस्ट्रीको जरुरत पर्छ ।
इम्युनोहिस्टोकेमिस्ट्रीको क्यान्सरमा क्रान्ति
क्यान्सर/ ट्युमरको विभिन्न प्रकार छुट्याउन, क्यान्सरले कस्तो रुप लिन्छ ? भन्ने जस्ता पूर्वानुमान गर्नुका साथै उपचारको सही निर्णय लिन इम्युनोहिस्टोकेमिस्ट्री गर्न अनिवार्य हुन्छ । ट्युमरमा रहेका प्रोटिन/एन्टिजेनको उपयोग गरी इम्युनोहिस्टोकेमिस्ट्रीले ट्युमरको प्रकार छुट्याइदिन्छ । साथै क्यान्सरको क्लिनिकल स्टेजिङ र ग्रेडिङ गर्न पनि उपयोग गरिन्छ । यसले ट्युमर डाइग्नोसिस मात्र नभई अरु धेरै रोगहरुको निदानमा महत्वपूर्ण भूमिका खेल्छ । जस्तैः नर्भस सिस्टम सम्बन्धि रोग (न्युरोडिजेनेरेटिभ रोग) आदि ।
कुन क्यान्सरका लागि कस्तो प्रकारको औषधि चलाएमा त्यो क्यान्सर निको हुन्छ वा क्यान्सर बिरामीको आयु लम्व्याउन सकिन्छ भन्ने कुराको एकिन गर्न मद्धत गर्छ र यो प्रोस्टेट, स्तन, कोलोनलगायतका क्यान्सरहरुमा रिसर्चहरुले पुष्टि गरिसकेका छन् ।
कुनै पनि ट्युमर घातक भएनभएको छुट्याउन, ट्यूमरको चरण (ग्रेड) निर्धारण गर्न र धेरै फैलिसकेको (मेटास्टेसिस) क्यान्सरको उत्पत्ति पहिचान गर्न पनि यो टक्नोलोजी जरुरत पर्छ ।
यी सबै दृष्टिकोणमा क्यान्सर उपचारको क्षेत्रमा इम्युनोहिस्टोकेमिस्ट्रीले क्रान्ति ल्याएको छ । अन्तर्राष्ट्रिय जगतमा इम्युनोहिस्टोकेमिस्ट्रीको अवधारणा सन् १९३० को दशकदेखि शुरु प्रयोगमा आइरहेको छ । नेपालमा इम्युनोहिस्टोकेमेष्ट्रिको व्यापक उपयोगमा आएपनि धेरै ठाउँमा यस प्रकारको सुविधा उपलब्ध छैन । मोलिक्युलर लेवलको यो सेवा निरामयः डायग्नोसिस सेन्टरमा उपलब्ध छ ।
(डा. गिरिष्माले अंकोप्याथोलोजीमा फेलोसिप गरेर नेपाल मेडिकल काउन्सिलमा दर्ता भएर सेवा दिइरहनुभएको छ । हाल उहाँ निरामयः डाइग्नोस्टिकस प्रा.लि. र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ ।)
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३



