
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंमा थप २ जनामा हैजा देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत काठमाडौं बागबजारका थप दुई जनामा हैजा पुष्टि भएको हो । यसअघि बागबजारमै बस्ने दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले बागबजार क्षेत्रको नमूना संकलन गरिरहेको छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले काठमाडौंमा हैजा फैलन सक्ने जोखिम बढेको बताउनुभयो ।
भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो । यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । चौलानी जस्तो सेतो पानी जस्तो देखिने दिसा लाग्ने, शरीर कमजोर हुने मांशपेशी बाउँडिने, वान्ता हुने र थकाइ महसुस हुने हैजाका लक्षण हुन् ।
प्राथमिक उपचारका क्रममा घरमै जीवनजल र झोलिलो नुनिलो खाने कुरा खान सकिन्छ । उमालेको वा शुद्धीकरण गरिएको पानी मात्रै पिउन र स्वस्थ खानेकुरा खान डाक्टरको सल्लाह छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

