
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकाको चार ठाउँको पानीमा हैजाको जीवाणु भेटिएको छ। बागबजार, डिल्लीबजार, बुढानीलकण्ठ र सानेपामा धारा, इनार, ट्याङ्कर, जार र बोतलको पानीको नमुना परीक्षणमा हैजाका जीवाणु भेटिएको हो।
सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे भएको छलफलमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले ती स्थानमा हैजाका जीवाणु भेटिएको जानकारी दिनुभयो ।
बागबजार, डिल्लीबजार, बुढानीलकण्ठ र सानेपा गरिएको नमुना परीक्षणमा अधिकांश नमुनामा हैजा फैलाउन सक्ने जीवाणु भेटिएको निर्देशक डा दासले जानकारी दिनुभयो । बल्खु र कोटेश्वरको पनि नमुना लिएको तर रिपोर्ट नआइसकेको बताउनुभयो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वितरण गरेको पानीको पनि १० वटा नमुना परीक्षण गरिएको बताउनुभयो ।
‘काठमाडौंमा वितरीत १५ प्रतिशत जारको पानी पनि प्रदूषित पाइएको छ’ निर्देशक दासले भन्नुभयो–‘बुढानीलकण्ठ नगरपालिकाले गरेको नमुना परीक्षणका क्रममा ७२ प्रतिशत पानी प्रदूषित देखिएको छ।’
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

